दफा ५४
दफा १६ वा दफा १७ उल्लंघन गरेमा सजाय
: (१) कुनै व्यक्तिले दफा १६ वा दफा १७
उल्लंघन गरी हुलाकबाट कुनै हुलाक वस्तु वा अरु चिज वस्तु पठाएमा वा पठाउनको निमित्त दिएमा निजलाई बढीमा एक वर्षसम्म कैदै वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(२) दफा १६ वा दफा १७ मा लेखिएको कुराहरु उल्लंघन गरी पठाइएको भन्ने आरोपमा हुलाक वस्तु हुलाक अड्डामा रोक्का रहे तापनि सो पठाउनेले हुलाकको उचित समयमा वस्तुको डेलिभरी भए सरह मानिई कुनै कारवाई गर्न बाधा हुने छैन ।